काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्ध महाभियोग लगाउने माग राख्दै सासंद गगन थापा प्रस्तावक, धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक भएर संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमाथि नयाँ सरकार गठन पछि छलफल हुने भएको छ।
लोकमान बिरुद्धको महाभियोगबारे छलफल नभइरहँदा दलहरुका नेताहरुको प्रभावमा परि सभामुखले छलफल नगराएको सन्देश प्रवाहित भइरहँदा सभामुख ओनेसरी घर्तीले नयाँ सरकार गठन लगत्तै संसदमा छलफल गराउने प्रतिबद्दता जनाएकी हुन्।
सभामुख घर्तीले आफूहरुसँग प्रतिवद्धता जनाएको सांसद गुरुङले जानकारी दिएका हुन्। उनले सभामुखको प्रतिवद्धतालाई सकारात्मक रुपमा लिदै त्यसलाई प्रस्तावको एक कदम भएको प्रतिक्रिया दिए।
आज थापा र गुरुङले आफूहरुले राखेको सार्बजनिक महत्वको प्रस्ताब संसदमा छलफल गराउने सन्दर्भमा सभामुखसँग छलफल गरेका थिए। छलफल पछि उक्त प्रस्ताबको एक/एक प्रति साँसदहरुलाई तत्काल उपलब्ध गराउने र नयाँ सरकार गठन लगत्तै संसदमा छलफल गराउने प्रतिबद्दता सभामुखले गरेकी थिइन।
आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर अख्तियारको दुरुपयोग गरेको भन्दै कार्कीलाई महाभियोग लगाएर हटाउन माग राख्दै यसअघी १६ दिनसम्म त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी आमरण अनशन बसेका थिए। आमरण अनशन पछि उनी लोकमान विरुद्ध खाएर आन्दोलनमा उत्रने भन्दै शनिवार उनकै नेतृत्वमा प्रदर्शन भएको थियो।