arrow

नेपाली मौलिकताको पन्जेबाजा लोप हुँदै

logo
राजन परियार,
प्रकाशित २०७३ साउन १६ आइतबार
news-pancha-baja-lop-photo-(3).JPG.jpeg
सिन्धुली । नेपाली मौलिक बाजा र सस्कृतिको रुपमा परिचित पन्चेबाजा बज्ने वित्तिकै सबैलाई आन्नद र खुसी लाग्छ । सबै नेपालीहरुको मन छुन सफल पञ्चेबाजा पछिल्लो समय विस्तारै लोप हुन थालेको छ । 
 
राज्यले स्थानीय स्तरमा रहेको लोकप्रिय पन्चेबाजा संरक्षण र समबद्र्धनका लागी कुनै पहल नगर्दा र पन्जेबाजा बजाउने नेपाली समुदायका युवा सामाजिक रूपमा उपेक्षित हुनुपर्ने भएकाले पन्चेबाजा लोपहुन लागेको छ भने बाजा बजाउने पुख्यौली पेशाप्रति त्यस समुदायका युवाहरुको आकर्षण घट्दै समेत घट्दै गएको छ ।
 
समाजमा हुने विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा पञ्चेबाजा बजाउने चलन थियो, दमाई दाइले बजाएको पन्चेबाजाले धेरैलाई चकित पार्ने र नचाउने गरेको अनुभव बुढापाकाको रहेको छ । तर पछिल्लो समय पन्चेबाजाको प्रयोग हट्दै गएको र बाजा बजाउने समुदायले समेत आफ्नो पेशा परिवर्तन गरेको स्थानीयहरु बताछन ।
 
पुरानो झागाँझोली गाविसका स्थानीय राजु परियारका अनुसार गाउँमा पहिलाजस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्, युवाको आकर्षण यस पेसाप्रति घट्दो छ, यो पेसा अँगाल्ने युवा विदेश पलायन हुनुले पनि यस पेशा लोप हुन पुगेको हो । 
 
परीयारको अनुभवमा पहिला विवाह रात बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुन्थ्यो तर अहिले एक दिनमै विवाह सम्पनन् गर्ने चलन आएको छ । पहिलाजस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । समाजमा पन्चेबाजा मात्र होइन उक्त बाजा बजाउन जान्ने पुस्ता समेत लोप हुने अवस्थामा रहेको उनको भनाई छ । 
 
नौमती पन्चेबाजा अन्तर्गत अहिले नर्सिया भन्ने बाजा देखिन छाडेको मात्र होइन यस बाजा बजाउने मानिस समेत नभेटिने गरेको पोखरी गाविसका स्थानीय बच्चु नेपाली बताउछन । । यस बाजा बजाउन बढी मात्रामा मिहेनत गर्नुपर्ने हुन्छ । नेपालीका अनुसार नौमती बाजा नेपालको लोकबाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन । 
 
दमाह, झाली, ट्याम्को, ढलकी, कर्नाल सनाई लगायतका बाजा पञ्चेबाजा अन्तर्गतका बाजा हुन् । यस बाजाको राज्यबाट संरक्षणका लागि चासो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन रहिरहने मझुवा गाविसका स्थानीय बावुराम परीयार बताउछन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ