arrow

कमल थापासंग कुरा गर्ने एक घण्टा जुराउन मुस्किल भो प्रचण्डलाई

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
prachand--g-naya.jpg.jpeg
काठमाडौं। नयाँ सरकारको नेतृत्व गर्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेपालका अध्यक्ष कमल थापासंग भोट मागेका छन् । पार्टी एकिकरणका लागि आन्तरिक छलफलमा रहेका थापालाई दाहालले मलाई एक घण्टा समय दिनुस् भनेकामा दिउँसो थापा माओवादी संसदीय दलको कार्यालय सिंहदरबार पुगेर भेट गरेका हुन् । 
 
भेटमा दाहालले आफ्नो सरकारलाई सघाउन आग्रह गरे। जवाफमा थापाले यसबारे पार्टीभित्र छलफल गर्ने र जानकारी गराउने बताए। राप्रपाका एक नेताका अनुसार दाहालले निकै विनम्रताका साथ थापासंग एक घण्टा समय मागेका थिए। ती नेताले भने, ‘म कार्यक्रममा छु धेरै कुरा भन्न सक्दिन। हाम्रो अध्यक्षलाई उहाँले भेट्न साह्रै गर्नु भएको थियो। हामी हिजो आज आन्तरिक छलफलमा व्यस्त छौं। भेटका लागि निकै कसरत गर्नु भो।’ सरकारमा सहयोग माग्नलाई छलफल गर्ने कुरा थियो।'  
 
वर्तमान सरकारको उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले माओवादीले सरकार छोडे लगत्तै मन्त्रालय जान छोडेपनि सरकारलाई अन्तिम समयसम्म सघाईरहने भन्दै एक चित्त भएर बसेका छन्। यद्यपि, एकिकरण गर्ने भनको राप्रपाले सरकारमा जाने निर्णय गरिसकेकाले थापाले समेत विचार गर्नु पर्ने देखिएको छ। हालसम्म राप्रपाले सरकारमा जाने मनस्थिति बनाएको छैन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ