arrow

पुनर्निर्माणमा अनुदान दिन काँग्रेसको माग

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
congress-flag-11111.jpg.jpeg
गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची (ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 
 
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेसले ढुङ्गा, माटोले बनेका सबै घर भूकम्पले पूर्ण क्षति पुर्‍याएको भन्दै पुनर्निर्माणका लागि रु दुई लाख अनुदान दिनुपर्ने माग गरेको हो । 
 
जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले ढुङ्गा, माटोको जोडाइले बनेका घरहरु पूर्णरुपमा क्षति भएको भन्दै राहत तथा अनुदान रकम दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको काँग्रेसले जनाएको छ । काँग्रेस जिल्ला सभापति हरिबहादुर घलेले प्रजिअ भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनुदान पाउनबाट वञ्चित भएका १५ हजारभन्दा बढी भूकम्पपीडितलाई तुरुन्त अनुदान रकम दिन माग गरेको  हो । 
 
बैंकमार्फत् अनुदान रकम वितरण गर्ने कार्य दुर्गमका लाभग्राहीका लागि फलदायी नभएको काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताए । रु ५० हजार अनुदान झिक्न लाभग्राही तीन-चार दिन हिँडेर बैंक आउनुपरेको भन्दै पाण्डेले गाउँमा शाखारहित बैंकिङले सेवा दिनुपर्नेमा जोड दिए । 
 
त्यस्तै पहिरोले उत्तरी भेग आवतजावत गर्ने बाटोअवरुद्ध हुँदा १३ गाविसमा दैनिक आवश्यकीय वस्तु ढुवानी गर्न नसकिएको भन्दै काँग्रेसले तत्काल बाटो मर्मत गर्न आग्रह गरेको छ भने पहिरोपीडितलाई राहत उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ