arrow

सिटीको अग्रता बढ्यो, यस्तो छ नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
FIBfRTZWYAkJY8j.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता थप बढेको छ । गएरातिको खेलमा आर्सनललाई हराएसँगै सिटीको अग्रता थप बढेको हो । खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनललाई २–१ गोल अन्तरले हरायो । 

आर्सनलको मैदानमा भएको खेलमा एक गोलले पछि परेको सिटीले नतिजा उल्टाएर २–१ को जित निकालेको हो । खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई शुरुआती अग्रता दिलाए । 

पहिलो हाफमा १–० ले पछि परेको म्यानसिटीले दोस्रो हाफमा खेलमा फर्किने अवसर पायो । खेलको ५७ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । 

त्यसको दुई मिनेटमै दोहोरो पहेँलो कार्डसहित गाब्रियलले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो । इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ ले जिताए । 

नयाँ वर्षको पहिलो दिन भएका अन्य खेलको नतिजा
वाट्फोर्ड ०–१ टोटनह्याम हट्सपर 
क्रिष्टल प्यालेस २–३ वेष्टह्याम युनाइटेड
लेस्टर सिटी र नर्विच सिटीबीचको खेल भने स्थगित भएको छ । 

आजका खेल
आज चेल्सी र लिभरपुलबीचको महत्वपूर्ण भिडन्त हुँदैछ । खेल चेल्सीको मैदानमा हुँदैछ । 

त्यस्तै ब्रष्टफोर्डले एस्टन भिल्लासँग, एभर्टनले ब्राइटनसँग, लिड्स युनाइटेडले बर्नलीसँग र साउथह्याम्पटनले न्यूकासल युनाइटेडसँग खेल्नेछ । 

अंक तालिका
२१ खेलमा ५३ अंकसहित म्यानसिटी शीर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेको चेल्सी ४२ अंकसहित दोस्रो तथा दुई खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छ । 

२० खेलबाट आर्सनल ३५ अंकसहित चौथो, ३४ अंकबाट वेष्टह्याम पाँचौं तथा १८ खेलबाट ३३ अंकसहित टोटनह्याम छैटौं स्थानमा छ । 

क्रिष्टियानो रोनाल्डो आएपछि उपाधि दावेदार बन्ने आशा गरिएको म्यानचेष्टर युनाइटेड भने १८ खेलबाट ३१ अंकसहित सातौं स्थानमा छ । 

बर्नली, न्यूकासल र नर्विच सिटी रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ