arrow

हाब्रेको छालासहित स्याङतान पक्राउ

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
panda-red.jpg.jpeg
काठमाडोँ। मकवानपुरका रामबहादुर स्याङतान दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) चोरी शिकारी गरेको अभियोगमा आज पक्राउ परेका छन् । 
 
हेटौडा नगरपालिका–२ घर भएका स्याङतान काठमाडौँ–५ भाटभटिनीबाट संरक्षित वन्यजन्तु हाब्रेको एक थान छालासहित पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 
 
स्याङतानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौँमा बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 
 
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दोषीलाई रु ४० हजार जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ