arrow

सरकार र संसद् मेराे सधैँ ‘प्लेटफर्म’: गच्छदार

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Gachhadar-new-boli.JPG.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन पार्टी एक ठाउँमा उभिए अझै पनि सहमतीय सरकार बन्ने सम्भावना रहेको बताएका छन् । 
 
फोरम लोकतान्त्रिकको ७ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष गच्छदारले सहमतीय सरकारका लागि अहिले पनि समय रहेको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिले अझै पनि सहमतिको सरकार बन्ने सम्भावना रहेको बताए । 
 
गच्छदारले अहिलेको राजनीतिक मुद्दा सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । सरकार र संसद् आफ्नो सधैँ ‘प्लेटफर्म’ भएको बताउँदै गच्छदारले केही मधेसवादी दलले आफ्नो पार्टीलाई सरकारमा जानबाट रोक्न खोजेको आरोप समेत लगाए । 
 
उनले सहमतिको सरकार बन्न नसके पनि राष्ट्रिय एकताका विषयमा भने सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको सुनाए । ‘सहमतिको सरकार बन्दैन भने पनि हामी संविधान कार्यान्वयन, मधेसीको मुद्दा सम्बोधन गर्नका लागि राष्ट्रिय एकता गरेर अगाडि बढ्न सक्छौँ’– गच्छदारले भने, ‘प्रमुख तीन दलबीच राष्ट्रिय एकतामा सहमति नभएर देश अगाडि बढ्न सक्दैन ।’
 
देशलाई समृद्धितर्फ डोर्याउनका लागि पनि राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउँदै राष्ट्रियताका मुद्दामा प्रमुख दल एक हुनुपर्ने धारणा गच्छदारको छ । उनले नयाँ बन्ने सरकारले पनि संविधान कार्यान्वयनमा चुनौती आउने बताउँदै भने,‘एमालेबिना संविधान कार्यान्वयन गर्न समस्या पर्ने भएकाले एमालेलाई पनि सँगसँगै लैजानु पर्दछ ।’ स्थानीय, प्रदेश र संसद्को निर्वाचन कुनै पार्टी र सरकारको एजेन्डा नभएको बताउँदै सबै दलको भएको उनको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ