arrow

एमाले कास्कीको अधिवेशनः त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
Bibek Tripathi.jpg

पोखरा । नेकपा एमाले कास्कीको १० औं अधिवेशन यहि पुस २३ गते हुँदैछ । कास्कीमा अधिवेशनको रौनक शुरु भइरहेको छ ।

जिल्ला अध्यक्ष एवं अन्य पदाधिकारी बन्नका लागि विभिन्न नेताहरुले चाहना गरेका छन् । नेताहरुले विभिन्न नेता तथा मतदातासंगको भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

यसैक्रममा युवा नेता विवेक त्रिपाठीले जिल्ला अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता त्रिपाठीले पार्टीका जिल्ला इन्चार्जदेखि सबै तहका नेता तथा कार्यकर्तासंग यस विषयमा छलफल गरिरहेको बताए ।

त्रिपाठी पोखरा महानगरपालिका वडा नं. २४ हुन् । उनी पोखरा २४ बाट जिल्ला प्रतिनिधिमा सर्वसम्मत छनोट भएका छन् । 

त्रिपाठीले कम्युनिष्ट विचार नामक पुस्तकसमेत बजारमा ल्याएका छन् । त्रिपाठीले पछिल्लो समय राजनीतिमा देखिएको चरम गुटवादको सिकार युवा पुस्ता हुन नहुनेमा जोड दिंदै आएका छन् ।

त्रिपाठीले भने, ‘म विचारको लडाइँ लड्न आएको हुँ, गुटको होइन । नेतृत्वमा स्थानीयदेखि जिल्ला प्रदेश हुँदै केन्द्रमा सबै नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नेछु ।’

पार्टीमा उम्मेदवार बन्न योग्यता तोक्ने परम्परा छ । यसमा उनले आपत्ति प्रकट गर्दै आएका छन् । ‘त्यसो हुनु भनेको राजनीतिमा नयाँ पुस्ताका लागि सिन्डिकेट लागु हुनु हो । त्यसैले सबै प्रतिनिधिहरु सबै पदका लागि योग्य र हकदार हुन सक्छन्,’ उनी भन्छन् ।

विद्यार्थी राजनीतिमा उमेर हद कायम हुनुपर्ने भन्दै त्रिपाठीले विद्यार्थी राजनीतिबाट विदा लिएका थिए । उनी जिल्लाको नवौं अधिवेशनमा सबैभन्दा कान्छा प्रतिनिधि बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ