arrow

चेल्सी र लिभरपुलको बराबरीले म्यानसिटीलाई फाइदा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
chelsea-liverpool-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी आरामदायी शीर्ष स्थानमा रहेको छ । झन् उपाधि दाबेदारीको होडमा दोस्रो र तेस्रो स्थानमा रहेका चेल्सी र लिभरपुलले बराबरी खेलेपछि सिटीलाई झन् आराम मिलेको हो । 

गएरातिको खेलमा चेल्सी र लिभरपुलले बराबरी खेले । घरेलु मैदानमा खेलेको चेल्सी २–२ को बराबरीमा रोकिएको हो । शुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा समेटियो । 

खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–० ले अग्रता दिलाए । 

घरेलु मैदानमा २–० ले पछि परेको चेल्सीले खेलको ४२ औं मिनेटमा माटियो कोभासिचको गोलबाट दूरी २–१ मा घटायो । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २–२ गोलको बराबरीमा ल्याए । 

दोस्रो हाफमा गोल भएन र दुवै टिमले १–१ अंक बाँडे । 

गएरातिका अन्य खेलको नतिजा
ब्रेन्टफोर्ड २–१ एस्टन भिल्ला
एभर्टन २–३ ब्राइटन
लिड्स युनाइटेड ३–१ बर्नली
साउथ ह्याम्पटन र न्यूकासल युनाइटेडको खेल स्थगित ।

अंक तालिका
२१ खेलबाट ५३ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा हुँदा २१ खेलबाट ४३ अंकको चेल्सी दोस्रो तथा २० खेलबाट ४२ अंकको लिभरपुल तेस्रो स्थानमा छ । 

२० खेलबाट ३५ अंकको आर्सनल चौथो तथा २० खेलबाट ३४ अंकको वेष्टह्याम युनाइटेड पाँचौं स्थानमा छ । 

१८ खेलबाट ३३ अंकको टोटनह्याम हट्सपर छैटौं तथा १८ खेलबाट ३१ अंकको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ