arrow

‘काल आएसी मरिहालिन्छ मास्कले छेक्दैन’ भन्नेले बढाउँदै कोरोना  

logo
राज पोखरेल, 
प्रकाशित २०७८ पुष १९ सोमबार
270852008_1405110726570829_5803481724335452305_n.jpg
तस्बिर–चिया पसले जमुना खड्का

काठमाडौं । विश्व बजारमा कोरोना भाइरसको डर सकिन नपाउँदै नयाँ भेरियन्ट ओमिक्रोनको डर थपिन थालेको छ । जागिरेको जागिर सकियो व्यापारीको व्यापार सकियो । व्यापारबाट अपार हुने सोचले शुरु गरेका साना तथा मझौला संस्था, उद्योग, कलकारखाना लगायतको स्थिति नाजुक बनेको छ ।

पोहोर बैशाखमा भएको लकडाउन ३ महिना पछि खुल्यो तर पनि भर्खर भर्खर चल्न थालेका संघ संस्था कलकारखाना फेरि ओमिक्रोनको आगमनले असर नगर्ला भन्न नसकिने स्थिति छ।

 सबैका आ–आफ्नै समस्या छन् । त्यसमा पनि दिनभर काम गरेर बेलुका छाक टार्न नसक्ने मानिसलाई कसरी संरक्षण गर्ने भन्नेतिर ध्यान सरोकारवालासम्म पुग्छकि भन्ने अपेक्षा सबैको छ।

नुवाकोट घर भइ हाल शान्तिनगरस्थित चिया पसल गरिरहेकी जमुना खड्का भन्छिन्, ‘कोरिना अघि त व्यापार राम्रो चलिरहेको थियो अहिले कोरोना लकडाउन पछि त डरले हो कि के हो खासै मानिसको चहलपहल त्यति धेरै छैन ।’

अधिकांश मानिसहरु त लकडाउनमा घर गएपछि उतै कृषि गरिरहेको उनी सुनाउँछिन् । कार्यालयमा जागिर खानेहरु भने सबै छन् । नत्र त्यति धेरै अन्य मानिसहरु अहिले उनको चिया पसलमा जाँदैनन् । 

व्यवसायमात्र नभइ विद्यालय, यातायात लगायतका कुरा पनि जोडिन्छन् । सबैतिर असर परेको छ । कोरोनाले शिक्षा क्षेत्रमा निकै असर पारेको देखिन्छ । अनलाइन प्रविधिबाट पढाइँदा पनि इन्टरनेटवालाको खरावी भनौं या आफ्नै सामानको चल्दै नचल्ने ,चली हाले पनि ढिलो चल्ने जस्ता असरजनक परिस्थिति भोगिरहनु पर्यो । 

हाल भौतिक रुपमा उपस्थित भएर पढाइ भइरहेको छ । तर विद्यालय र कलेज गएर पढाइ लिएसँगै भाइरसको छुट्टै डर लिइरहनु पर्ने अवस्था अझै छ । यसले पढाइमा निकै नकारात्मक असर पारेको विद्यार्थीहरुको गुनासो छ । 

ब्रिलियन्ट वहुमुखी कलेजमा अध्ययनरत विद्यार्थी रुपिका केसी भन्छिन्, ‘म बिहानी सत्रमा अध्ययन गर्छु । बिहान चल्ने बस अधिकांश भीडभाड नै हुन्छन् । म त मास्क सेनिटाइजर बोकेर बेला बेलामा लगाउने गर्छु । तर अरु यात्रुले लगाएको देख्दिन । मैले मास्क लगाउनु पर्छ भनेँ भेने ‘काल आएसी मरिहालिन्छ मास्कले छेक्दैन’ भन्ने उत्तर आउँछ ।’ (प्रशिक्षार्थी) 



नयाँ