arrow

के हुँदैछ रियो ओलम्पिक २०१६ को पूर्वसन्ध्यामा ?

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
rio-olympic.jpg.jpeg
रियो। खेलाडीहरुको अपूर्ण समायोजन लगायतका विभिन्न समस्याका बाबजूत रियो ओलम्पिक २०१६ सुरू हुँदैछ। तर, रियो ओलम्पिक सुरू हुन छ दिन बाँकी रहँदा डेली मेलसँग कुरा गर्दै एक स्थानीयले रियो ओलम्पिकमा आउने पाहुँनाहरुले न्यानो स्वागतको अपेक्षा राख्न सक्छन् र त्यो सबै तयारी रहने जनाएका छन्। 
 
आसन्न रियो ओलम्पिक यहीँ अगष्ट ५ देखि सुरू हुँदैछ। योसँगै रियोमा ओलम्पिकको रौनक सुरू भइसकेको छ। ओलम्पिकसँगै बाह्य पाउँनाहरुलाई स्वागत गर्न रियोबासी उत्साहित देखिएका छन्। 
 
एक स्थानीय फेसन डिजाइनर कार्ला रिनाल्डीले आफु बसेको सहर ओलम्पिक हेर्न तयार रहेको बताइन्। आसन्न रियो ओलम्पिकको खुसीयालिमा आज रियोमा सयौं पुरूष र महिला पदयात्रामा सामेल भएका थिए। ब्राजिल सरकारको भ्रष्टचारमाथिको चर्को विरोध र जिका महामारी लगायतका  समस्याका बाबजूत सुरु हुन लागेको खेल विश्वभर चर्चाको विषय बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ