arrow

रोनाल्डोले म्यानयुलाई उद्धार गर्न नसक्ने पक्का, घरेलु मैदानमा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
ronaldo-manutd-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यसपटकको सिजनमा लिगको उपाधि होडमा पुग्न नसक्ने पक्का भएको छ । पोर्चुगिच चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो भए पनि उनले टिमको उद्धार गर्न नसक्ने पक्का भएको हो । 

म्यानयु उपाधिको होडमा समेत पुग्ने अवस्था देखिएको छैन । गएरातिको खेलमा घरेलु मैदानमै म्यानयु वुल्भरह्याम्पटन वान्डेरर्ससँग १–० ले पराजित भएको हो । 

पाहुना टोलीका लागि जोआओ मौटिन्होले ८२ औं मिनेटमा गोल गरेका थिए । यो हारले भने अन्तरिम प्रशिक्षक राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

अधोगतिमा देखिएको म्यानयुविरुद्ध जित निकालेको वुल्भरह्याम्पटनले ओल्डट्राफोर्डको मैदानमा रेकर्ड राखेको छ । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्ड ट्राफोर्डमा जित निकालेको हो ।

अंक तालिका
यो हारपछि तालिकाको सातौं स्थानमा रहेको म्यानयुको १९ खेलबाट ३१ अंकमात्रै छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ ।

दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४३ तथा २० खेलबाट ४२ अंकको लिभरपुल तेस्रो स्थानमा छ । 

२० खेलबाट ३५ अंकको आर्सनल चौथो, २० खेलबाट ३४ अंकको वेष्टह्याम युनाइटेड पाँचौं तथा १८ खेलबाट ३३ अंकको टोटनह्याम हट्सपर छैटौं स्थानमा छ । 

यो समीकरण हेर्दा म्यानयुले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना भने राख्नेछ ।

तर उपाधि नै जित्ने सम्भावना भने कतैबाट पनि देखिँदैन ।

जबकि दोस्रो र तेस्रो स्थानका चेल्सी र लिभरपुलसमेत यही गतिबाट अगाडि जाने हो भने उपाधि होडबाट टाढिँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ