काठमाडौं। नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनुसनमा बसेका दुई विद्यार्थी नेता मध्येका एक गणेश सापकोटा बेहोस भएर ढलेका छन् । बिहान साढे १० वजेतिर उनी एक्कासी कमजोरीका कारण बेहोस भएपछि उनलाई अहिले नै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा स्टार हस्पिटलबाट चिकित्सक बोलाएर प्रारम्भिक उपचार सुरू गरिएको नेविसंघ नेता डिल्लीराम सुवेदीले जानकारी दिए।
यसैबीच अनसनको तेस्रो दिन अनसनकारीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र केन्द्रीय सदस्य एवं नेविसंघ महाधिवेशनको लागि गठन गरिएको निर्देशन समितिका सदस्य सहित संयोजक प्रकाश शरण महत समेत पार्टी कार्यालय आउने तयारी गरिरहेको पनि नेता सुवेदीले जानकारी दिए।
नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै नेविसंघ पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसंघ रामेछापका नेता रत्न ढुङ्गेल गत शनिबारदेखि आमरण अनसनमा बसेका छन्।