arrow

राप्रपा अध्यक्ष राणालाई सांसद् मनोनित गरेर उपप्रधानमन्त्री बनाउने तयारी

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
pashupati.jpg.jpeg
काठमाडौं । अघिल्लो सरकारमा सहभागिता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत अध्यक्ष पशुपति शमशेर राणाको नेतृत्वमा सरकारमा जाने पक्का भएको छ । 
 
सांसद् समेत नरहेका राप्रपाका अध्यक्ष राणालाई अब बन्ने सरकारको मन्त्रिपरिषद्ले २६ जना मनोनित सांसद्को कोटामा मनोनित गरी उपप्रधानमन्त्री बनाउने तयारी रहेको राप्रपा स्रोतले जानकारी दिएको छ । २४ सदस्य मनोनित भइसकेका छन् । बाँकी २ जना मध्येमा अब एक सिट राणाले ओगट्ने छन् । राणा आलो पालो प्रणालीमा केही दिन अघि मात्रै राप्रपाका अध्यक्ष भएका थिए । यसअघि, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अध्यक्ष थिए । 
 
अब बन्ने सरकारको गठबन्धनमा को–को सहभागी हुने भन्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला राप्रपालाई सरकारमा भित्र्याउन आगामी सरकारले गैर सांसद्लाई समेत सांसद् बनाएर सरकारमा सहभागी गराउने तयारी गरेको हो ।
 
यसैबीच, ओली सरकारका उपप्रधानमन्त्री समेत रहेका विजय कुमार गच्चदारलाई समेत सरकारमा सम्मानजनक स्थान दिएर भित्र्याउने तयारी भइसकेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई भने कुनैपनि हालतमा सरकारमा सामेल नगराउन व्यापक दबाब रहेको स्रोतले दावी गरेको छ । 
 
रुपान्तरित संसदले सांसद मनोनयन गर्न मिल्दैन 
व्यवस्थापिका संसद सचिवालयका काननु सचिवहरुले रुपान्तरित संसदले सांसद मनोनयन गर्न नसक्ने बताएका छन् । एक सचिवले हाम्राकुरालाई भने, ‘मन्त्रिपरिषद्को २६ जना भनेको संविधान बनाउनका लागि जानकारहरुबाट भनेर राखिएको थियो । अब भएकै २४ जना पनि काम विहिन भएका छन् । उनीहरु समेत जागिरे मात्रै भएका छन् ।’ अव मनोनयन गर्न आवश्यक छैन । उति बेला संविधानसभा पूर्ण बनाउनु पर्ने बनाइएन । ' उनले थपे, 'नयाँ संविधानमा मनोनयनको स्पष्ट व्यवस्था छैन । तर, संविधानमा गर्न मिल्दैन भनेर लेखिएको छैन । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ