एजेन्सी । बलिउडका किंग खान शाहरुखका छोरा आर्यन 'धूम ५' बाट आफ्नो फिल्मी करियर सुरु गर्ने अनुमान काट्न सुरु गरिएको छ । केहि दिन अघि अभिनेता शाहरुख खानले छोरा आर्यन चाडैनै फिल्म स्कूल जोइन गर्ने साथै दुवै चलचित्रमा देखिने बताएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले आर्यनको अभिनय पेशाको बारेमा त बोलेका छैनन् तर फिल्म स्कूलमा आफ्नो पढाई पुरा गरेपछि आर्यन फिल्म इन्डस्ट्रीमा आफ्नो कदम राख्ने पक्का छ ।
उता चलचित्र 'धूम ४' मा रणवीर सिंह र सलमान खानलाई अभिनय गर्न दिने बिषयमा कुरा चलिरहेको छ । चलचित्रको कास्टिंग चलिरहेको छ तर अहिले सम्म केहि तय भने भएको छैन ।
आर्यनको बिषयमा शाहरुखले पहिले पनि भनेका थिए , ' म आर्यनलाई क्लासिकल चलचित्र 'फलिंग डाउन', 'अनटचेबल्स', 'जाने भी दो यारो', 'शोले', 'देवदास' जस्ता चलचित्र देखाउने गर्दछु ।'
शाहरुखले भनेका छन् , मेरा छोराछोरि अहिले मैले देखाएको बाटोमा हिड्दैछन् किनकि मैले ग्रेजुएशन सकेको छु । अहिले उनिहरुले राम्रोसँग पढ्नु छ । चलचित्रमा काम गर्ने बिषयलाई समय आएपछि सोच्नेछौ ।'