arrow

गुरुकुलमा दलितलगायत सबैले अध्ययन गर्न पाउने व्यवस्था गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
gurukuls.PNG

काठमाडौं । समानता अभियान नेपालले दलितलगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । मङ्गलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरूलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । 

सबैका लागि शिक्षा भन्ने नेपालको संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकलगायतका हकहरूको व्यवस्थाअनुसार अधिकार सुनिश्चित गर्न अभियानको माग छ । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौँ, सबैले वेद पुराण पढुन्’ भन्ने अभियानको नारा छ । 

कार्यक्रममा बोल्दै संयोजक चन्द्रकान्त पौडेलले जातीय प्रथा अन्त्य गरौँ र गुरुकुलमा सबैले पढौँ भनेर लामो समयदेखि भन्दै आए पनि अब भने खुलेरै आफ्नो संस्था अघि बढ्न चाहेको बताए । वर्ण व्यवस्था कर्मको आधारमा हुने उनले धारणा राखे । भागवत गीतामा पनि गुण र कर्मको आधारमा वर्ण व्यवस्था गरिएको उनले सुनाउँदै उनले भने,‘गुण र कामको वर्गीकरणको आधारमा वर्ण व्यवस्था गरिएको हो ।’ 

समाजमा धर्मगुरु, पण्डितलाई एउटा श्रद्धाको दृष्टिले हेर्ने भन्दै उनले त्यो श्रद्धा सबै जातले पाउनुपर्नेमा जोड दिए । उनले भने,‘गुरुकुलमा सबै जातजातिले पढ्न पाउनुपर्छ । सबै जातीलाई समाजले श्रद्धाले हेर्न पाउनुपर्छ ।’

संस्कृत गुरुकुलमा आधारभूत संस्कृत शिक्षा पढ्न नपाएका कारण नेपालको ती विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नबाट दलित, आदिवासी, जनजाति तथा खस क्षेत्रीहरू पनि वञ्चित भएको उनले बताए । उनले भने,‘संस्कृत विश्वविद्यालयमा दलित, जनजाति, महिलालाई संस्कृत पढेबापत विशेष छात्रवृत्तिको व्यवस्था हुने पनि उनले सुनाए । यी विश्वविद्यालयबाट सृजना हुने रोजगारको अवसरबाट समेत दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत वञ्चित भएको उनको भनाई थियो । दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायतको अनुपस्थितिले गर्दा गुरुकुलमा समावेशिताको उपहास भएको समेत उनले आरोप लगाए । 

उनले गुरुकुलमा ९५ प्रतिशत भन्दा धेरै ब्राह्मण रहेको भन्दै अरू जातीले पनि पढ्न पाउनुपर्ने माग गरे । उनले भने, ‘वेदको पुराणको कुन श्लोकले मानिस जन्मँदै ब्राह्मण हुन्छ ? आधार दिनुहोस् भनेर गुरुहरुलाई प्रश्न सोध्न पर्ने दिन आएको छ ।’ अब यस प्रथालाई चिर्न पर्ने उनको भनाई थियो । सबैको समान सामाजिक हैसियत कायम राख्न पाउनुपर्ने उनले बताए । ‘जन्मेदेखि मृत्युसम्म जातीय विभेद भोगेको मानिसलाई कस्तो असर होला । उसले जीवनमा के प्रगति गर्ला ?’ उनले भने,‘यो विषय हामीले सबै गुरुकुलहरूमा गएर उठाएका छौ ।’ 

गुरुकुलमा हुने भेदभाव गलत मानसिकता पराकाष्ठा भएको उनको ठहर छ । उनले यसले मानवको समानताको अधिकारको हनन हुनेसमेत जिकिर गरे । उनले समानता धर्म हो भन्दै भेदभाव समाजले गरेको उपहास भएको बताए । 

यसै गरी, कार्यक्रममा बोल्दै संस्थाका सदस्य जनक घिमिरेले ब्राह्मण जन्मबाट पाएको औजार नभएर कर्मले बन्ने बताए । कानुनको दस्ताबेजहरूले जातीय विभेदको अन्त्य भए पनि समुदायमा अन्त्य नभएको उनको भनाई थियो । अझै पनि ब्राह्मण बाहेकका अन्य जातीहरूले गुरुकुलमा अध्ययन गर्न नपाएको उनले बताए । जातीय विभेदकै कारण संस्कृत गुरुकुलमा आएको ९० छात्रवृत्ति रकम फ्रिज हुने समेत जिकिर गरे । उनले नेपालमा भएका जति गुरुकुलमा ९० प्रतिशत गुरुकुलमा ब्राह्मण जातीले मात्रले अध्ययन गरिरहेको उनले सुनाए । आफ्नो संस्थाले ती पछाडि परेका र विपन्न वर्गको हकहितमा काम गर्दै आएको बताए । 

त्यस्तै, संस्थाका सदस्य गोलकुमार बस्नेतले देशमा भएका असमान विभेदसँग लड्नको निम्ति चेतनशील मानिसहरूको समूह मिलेर संस्थाको गठन भएको बताए । उनले स्थापनाकालदेखि नै अभियानले विपन्न वर्ग लक्षित काम गर्दै आएको सुनाए । हिन्दु धर्मका गुरु र मतियार भन्नेहरूले नै आजको समयमा धर्मप्रति वितृष्णा फैलाएको उनले आरोप लगाए । धर्मको ढोल ओढेर आफ्नै चेलीहरूमाथि अन्याय गर्ने धर्मगुरुहरू धेरै भएको उल्लेख गरे । उनले आफूहरूको संस्था वास्तविक पीडितहरूको पुलको भूमिका बन्ने समेत दाबी गरे ।  उनले अपाङ्ग, महिला, दलित जसले पैसा नपाएर उपचार गर्न नसक्नेहरूको लागि निःशुल्क शिविर सञ्चालन गरेको जानकारी दिए । 

उनले हाल पनि निःशुल्क स्वास्थ्य शिविर जारी रहेको निःशुल्क उपचार गर्दै आएको पनि बताए । स्वास्थ्य जनचेतनाको अभावले सामान्य कोरोना भाइरसले पनि मानिसहरू मर्नुपर्ने स्थिति आएको उनले बताए । विपन्न बस्तीहरूमा चेतनाको अभाव भएकोले विपन्न समुदायबाट आफ्नो संस्थाले चेतना फैलाउने कार्य गरिरहेको उनले बताए । देशैभर चेतना फैलाउने पनि संस्थाको उद्देश्य रहेको सुनाए । 

कार्यक्रममा बोल्दै विश्वभक्त बाबाले आफू पनि बाँचुन्जेल अभियानमा सामेल हुने बताए । उनले जातजाति केही नरहेको भन्दै केबल एक पुरुष र महिला मात्र भएको जिकिर गरे । धर्मको खोल ओढेर भगवान्को नाममा धेरै नराम्रा काम भइरहेको उनको भनाई थियो । यसको विरोध गर्दा धर्मगुरुले नै आफूलाई धम्की दिएको पनि सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ