arrow

मुख्य सचिव कड्किए –राजदूतका थप कुरा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई नै सोध्नुस्

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
Somlal-Subedi-new-news.jpg.jpeg
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा सरकारले गरेको निर्णयबारे जवाफ दिन उपस्थित भएका मुख्य सचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास बैरागीले सरकारले राजदूतको एग्रिमोका लागि पत्राचार गर्न निर्देशन गरेको पुष्टी गरिदिए । 
सचिव द्वयले भने, ‘निर्णय भएकै हो । यसबारे हामीले थप बोल्न मिल्दैन । थप कुरा सोध्नु परे प्रधानमन्त्री अथवा परराष्ट्रमन्त्रीलाई नै सोध्नुस् ।’  
 
मुख्य सचिव सोमलाल सुवेदीले परराष्ट्र मन्त्रालयको सिफारिसअनुसार प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेकै हो– भने । 
 
उनले भने, ‘मैले निर्णय लेख भन्दा लेखि दिने हो । निर्णय भएको थियो । त्यपछि के भयो मलाई थाहा हुँदैन ।’ लामो समयदेखि विभिन्न मुलुक तथा नियोगमा राजदूतको रिक्त भएकाले राजदूत नियुक्तिको सिफारिस गरिएको हो ।  
 
परराष्ट्र मन्त्रालयका सचिव बैरागीले प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने काम मन्त्रालयबाट नभएको समितिलाई जानकारी गराए । उनले भने, ‘मन्त्रि ज्यू को सिफासिसलाई मैले कसरी नकार्न सक्छु । उहाँको निर्देशन अनुसार मैले प्रस्ताव लेखेर मन्त्रिपरिषद्मा पठाएको हुँ ।’ उनले समितिले दिएका निर्देशन मन्त्रालयले कार्यान्वयन गरिराखेको पनि बताए । 
 
आइतबार राजदूतबारे परेका उजुरी खोल्नासाथ समिति सदस्यहरुले सकारले गरेको निर्णबारे खोजविन हुनु पर्दछ भनेपछि सोमबार समितिले मुख्य सचिव र परराष्ट्र सचिवलाई बोलाएको हो । 
 
अहिले पाकिस्तान, ब्राजिल, संयुक्त राष्ट्रसङ्घीय कार्यालय भियना, रुस, जर्मनी, इजिप्ट, संयुक्त अधिराज्य, बेल्जियम र युरोपेली सङ्घ, चीन, जापान, श्रीलङ्का, इजरायल, साउदी अरेबिया, गणतन्त्र कोरिया, डेनमार्क, कतार, बहराइन, अस्ट्रेलिया, बङ्गलादेश, संयुक्त अरब इमेरेट्स, म्यानमा र ओमनमा नेपाली राजदूतको पद खाली छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ