arrow

पाउल पोग्बाको अनुबन्ध ओल्ड ट्राफोड इतिहासकै महंगो हुन सक्ने

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
Paul-Pogba-new.jpg.jpeg
काठमाडौं । इङ्लिश प्रिमियर लिगको नयाँ सिजन नजिकिँदै गर्दा अहिले क्लबहरु खेलाडी किनबेचमा व्यस्त छन् । नयाँ सिजन सुरुवातको पूर्व सन्ध्यामा यतिवेला युभेन्टस मिडफिल्डर पाउल पोग्बाको नयाँ अनुबन्धको विषयले निकै चर्चा पाइरहेको छ । पोग्बालाई अनुबन्ध गराउन म्यानचेस्टर युनाइटेडले थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 
 
म्यान्चेस्टर युनाइटेडले पोग्बालाई अनुबन्ध गर्न १ सय मिलियन बढी युरो खर्च गर्ने देखिएको छ । पोग्बाको यो अनुबन्ध नयाँ सिजनको लागि मात्र नभई ‘ओल्ड ट्राफोड’का लागि अहिले सम्मकै महंगो अनुबन्ध हुन सक्नेछ ।  
 
पोग्बा आफैले पनि युनाइटेडमा अनुबन्ध हुन चाहिरेको संकेत गरेका छन् । अहिले तत्काल उनी लस ऐन्जल्समा विदा मनाइरहेका छन् । पोग्बाको आगमनले युनाइटेडलाई थप बलियो बनाउने खेल पण्डितहरुको तर्क छ । युनाइटेडले केही समयअघि ज्लाटन इब्राहिमोभिचलाई क्लबमा अनुबन्ध गरिसकेको छ । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ