arrow

काठमाडौं उपत्यकाभर प्रसारण हुने विद्युत लाइनको ट्रान्सफर्मर ध्वस्त

ठूलो दुर्घटना टर्‍याे

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
aaglagi-new.jpg.jpeg
काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्यूचाटारस्थित सब–स्टेसनस्थित काठमाडौं उपत्यका विद्युत् प्रसारण लाइनको मुख्य ट्रान्सफर्मरमा आगलागी भएको छ । 
 
आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कालिमाटीका प्रहरी नायव उपरीक्षक हेम बहादुर थापाका अनुसार काठमाडौं उपत्यकाभरी प्रसारण हुने सब–स्टेसनको १३२ केभी लाइनका लागि जडान गरिएको ठूलो ट्रान्सफर्मर जलेको हो । 
 
थापाले भने, ‘सर्किट टुटेर आगो लागेको अनुमान छ । अर्को ट्रान्सफर्मर जोडेर विद्युत आपूर्ति नियमित गर्ने काम भइरहेको छ । समयमै पुगेका कारण आगो अन्यत्र सर्न पाएन । 
 
ठूलो दुर्घटना टरेको छ ।’ समयमै चार वटा दमकल आए, प्रनाउ थापाले थपे, ‘सबैको प्रयासले चाँडै आगो नियन्त्रणमा आयो ।’ आगलागीबाट लगभग १ करोड बढीको नोक्सान भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ