arrow

रोजर्स कपसहित जोकोभिचलाई यस वर्ष ७ उपाधि

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
novak-win-rojars.jpg.jpeg
एजेन्सी । शीर्ष वरियताका सर्वियन टेनिश खेलाडी नोभाक जोकोभिचले चौथो पटक रोजर्स कपको उपाधि जितेका छन् । जोकोभिचले छटौं वरियताका जाप्नीज् खेलाडी केई निसिकोरीलाई ६–३, ७–५ को सोझे सेटमा हराउँदै यस वर्ष लगातार सातौं उपाधि जितेका हुन् । 
 
२९ वर्षीय जोकोभिच यसअघि भएको विम्बिल्डन टेनिसको तेस्रो राउण्डमा साम केरीसंग हारेका थिए । अब उनले ब्राजिलमा हुने रियो ओलम्पिकमा सर्वियाको प्रतिनिधित्व गर्ने छन् । उनले पुरुष सिंगल्स र डबल्स दुवैमा सहमागिता जनाउने छन् । अब उनको ध्यान रियो तर्फ केन्द्रीत हुनेछ । 
 
उपाधि जितेपछि जोकाभिचले भने, ‘म एक र युगलमा प्रतिस्प्रधा गर्दै छु । ओलम्पिकको एक हिस्सा कुनै पनि खेलाडीको सपना होइन । तर, मलाई विश्वास छ, कम्तिमा पनि एक पदक मिल्ने छ ।’   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ