arrow

कांग्रेस नेताहरुलाई विद्यार्थीले भने –बरु मर्न तयार छौं, अनसन तोड्दैनौं

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
ansan-nebisang.jpg.jpeg
काठमाडौं । नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनसनमा बसेका विद्यार्थी नेताले आफुहरु मर्न तयार रहेको तर अनसन तोड्ने पक्षमा नरहेको बताएका छन् । 
 
शारिरीक रुपमा मजोर हुँदै गएका विद्यार्थी नेतालाई भेट्न पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका कांग्रेस नेताहरु प्रकाश शरण महत, चन्द्र भण्डारी, एनपी साउद  र प्रदीप पौडेलाई उनीहरुले यसो भनेका हुन् । उनीहरुले भने, ‘पहिला पनि चुनाव गर्ने भनेर झुक्याइयो ।
 
अब मर्न तयार छौं तर माग पूरा नभए सम्म अनसन तोड्दैनौं ।’ भेट्न पुगेका नेताहरुले चिकित्सकको सल्लाह मान्न भन्दै अस्पताल भर्ना हुनु पर्ने र उपचार गर्नु पर्ने बताएकामा उनीहरुले आफुहरुले माग सम्बोधन नभए सम्म औषधि समेत नलिने बताएको नेविसंघ नेता डिल्लीराम सुवेदीले जानकारी दिए ।
 
अनसन बसेका गणेश सापकोटा विहान बेहोस भएर ढलेका थिए । बिहान साढे १० जेतिर उनी एक्कासी ढलेपछि अल्का अस्पतालका चिकित्सक अनसन स्थलमै आएर स्वास्थ्य परीक्षण गरेका थिए । भेट्न पुगेका नेताहरुले माग सम्बोधन हुनेमा विश्वस्त हुनुस् र उपचार गर्न अस्पताल भर्ना हुनुस् भन्दा विद्यार्थी नेताहरुले मानेनन् ।  
 
नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै नेविसंघ पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसंघ रामेछापका नेता रत्न ढुङ्गेल गत शनिबारदेखि आमरण अनसन बसेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ