arrow

ट्रान्सफर्मर जलेर बन्द भएको विद्युत आपूर्ति नियमित

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
aaglagi-new.jpg.jpeg
 
काठमाडौं । कलंकी स्यूचाटारस्थित सब–स्टेसनमा रहेको काठमाडौं उपत्यका विद्युत् प्रसारण लाइनको मुख्य ट्रान्सफर्मरमा आगलागी भई रोकिएको विद्युत आपूर्ति पुनः संचालनमा आएको छ । जलेको ट्रान्सफर्मरलाई हटाई वैकल्पिक व्यवस्था मिलाइएपछि विद्युत आपूर्ति संचालनमा आएको हो ।  
 
आगो नियन्त्रणमा आए लगत्तै वैकल्पिक व्यवस्था गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । दिउँसो आगलागी हुँदा कुलेखानी आयोजनाको काठमाडौं उपत्यकाभरी प्रसारण हुने सब–स्टेसनको १३२ केभी लाइनका लागि जडान गरिएको ठूलो ट्रान्सफर्मर जलेको हो । 
 
महानगरीय प्रहरी कालिमाटीका प्रहरी नायव उपरीक्षक हेमबहादुर थापाले भने, ‘सर्किट टुटेर आगो लागेको भन्ने छ । अर्को ट्रान्सफर्मर जोडेर विद्युत आपूर्ति नियमित गर्ने काम भइसकेको छ । आगो निभाउने कार्य समयमै भएकाले अन्यत्र सर्न पाएन । आगलागीबाट लगभग १ करोड बढीको नोक्सान भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ