arrow

कपिलवस्तुका २ सय ५० बाढि प्रभावितलाई राहत वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ साउन १७ सोमबार
rahatpradankappilbastu.jpg.jpeg
कपिलवस्तु । गत साउन १० र ११ मा आएको भिषण बाढि र डुवानमा परेका कपिलवस्तुका विभिन्न स्थानका वाढि प्रभावितहरुलाई राहत वितरण गरिएको छ । गरिवी निवारण केन्द्र ( पिस नेपाल) कपिलवस्तुको आयोजना र कारितास नेपाल ( कारितास इन्टरनेशनको) सहयोगमा वितरण गरिएको हो ।
 
 जिल्लामा आएको भिषण बाढि बाट प्रभावितहरुको लागि जिल्ला विपद व्वस्थापन समितिको निर्णय भएअनुसार संस्थालाई जिल्लाको हरर्दौना , कजरहवा गाविस र वाणगगा नगरपालिका र भृकुटी नगरपालिका विभिन्न स्थानहरुमा गरी २ सय ५० बाढि प्रभावितहरुलाई राहत स्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । हरर्दौना गाविसमा ३५ घरधुरी, कजरहवामा २५ घरधुरी, भृकुटी नगरपालिकाको  वडा  नं १ मा पर्ने दरखसवा वनकटी र चरिगाव गरी १ सय ३६ घरधुरी ,वाणगगा नगरपालिका वडा नं १५ मोर्मीमा ३८घरधुरी र वडा नं १६ र १७ भलवाडमा १६ गरी २ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको हो । 
 
प्रति परिवार १० केजी सावा चामल,२ केजी मसुराको दाल २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन २ बोतल पियुस, २ वटा विच्छौना, २ वटा तन्दा र २ वटा झुल वितरण गरिएको हो । तत्काल राहत स्वरुप खान तथा सुत्न समस्या परेका घरधुरीलाई खान र बस्नको लागि राहत वितरण गरिएको कारितास नेपाल क्षेत्रिय कार्यालय प्रमुख दुर्गा बहादुर लामाले बताए ।
 
 साथै संस्थाले आगामी प्रभावित जनताहरुको लागि चाहिने घर निर्माण र विद्यालयमा विद्यार्थीहरुका लागि चाहिने कापी किताव र झोला र पोशाक वितरणको लागि तथ्याकं संकलन गरी थप सहयोग गर्न सकिने समेत लामाले वताए ।
 
 कारितास नेपालको सहयोगमा पिस नेपालले विपत व्यवस्थापनको क्षेत्रमा गत फागुन देखी असार सम्म आगोलागि प्रभाभित हरुको लागि कपिलवस्तुमा ८९ घरधुरीलाई जस्तापाता र नगद उपलब्ध गराई घर निर्माणमा सहयोग समेत गरेको थियो । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ