arrow

आश्वासन लिपिवद्ध भए प्रचण्डलाई भोट हाल्छौं

शर्त राखेका होइनौं, मार्गचित्र खोजेका हौं

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
morcha-.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने हो भने आफुहरुका माग सम्बोधनको खाका पेश गर्न भनेको छ । 
 
माओवादी–कांग्रेससंग भएका पटक–पटकका मौखिक सहमतिले नपुग्ने भन्दै मोर्चाले निश्चित समयसहितको खाका पेश गर्न भनेको हो । सरकारको गठबन्धनमा लागेका माओवादी र कांग्रेसले पनि प्रस्ताव राखेको र आफुहरुले पनि प्रस्ताव राखेकाले दुबै प्रस्ताव एक ठाउँमा राखेर छलफल गरेपछि मात्रै मतदान गर्ने नगर्नेबारे टुंगो लाग्ने तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले जानकारी गराए ।
 
उनले भने, ‘हामीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भोट हाल्ने भनेर कुनै शर्त राखेका होइनौं । मौखिक सहमतिले हुँदैन लिखित ‘टेन्टेटिभ मार्ग चित्र’ चाहियो भनेका हौं । हामीलाई शर्त भन्दा पनि बाहिर रहेर सरकारलाई सहयोग गर्न सकिने वातावरण बनोस् भन्ने हो ।’ ता कि हामीले भोली बाहिर आन्दोलन गर्नु नपरोस् भन्ने पनि हो । 
 
यसलाई गलत अर्थमा बुझ्नु भएन । उनले थपे, ‘हामीले समय सहितको मार्ग चित्र मागेका छौं । उहाँहरुको मौखिक आश्वासन छ । कुनै काम क्याविनेटबाट गर्नु पर्ने र कुनै काम संसदबाट गर्नु पर्ने भएकाले उहाँहरुले हामी यति समय सम्म यो काम गर्न सक्छौं भन्ने खाका दिनु पर्दछ ।’ हामीलाई सरकारको चिन्ता भन्दा पनि मागको चिन्ता हो ।  
 
अर्को विषय प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने कुरामा उहाँहरुले निर्वाचन अघि नै आफुले राखेका प्रस्तावहरु लिपिवद्ध गरिसक्नु पर्दछ भन्ने हाम्रो मान्यता हो –शुक्लले हाम्राकुरासंग भने । उनले आफुहरुले कार्यदलमा आफुहरुले मान्छे पठाएको तर कुनै शुत्रबद्ध राजनीतिक माग पेश नगरेको जानकारी दिए । 
 
अहिले सम्म के भो त सहमति ? जवाफमा उनले भने, ‘माओवादी–कांग्रेस सरकार चलाउने । हामी बाहिर बसेर सहयोग गर्ने सहमति भएको छ ।’ विद्यमान द्वन्द्व समाधानको कुरा उहाँहरुले गरेको सात बुँदेको पहिलो नम्बरमै छ त । त्यो विषयमा हाम्रो सरकार छैन । तर, पनि द्वन्द्व समाधानमा हामी सहमत भएका छौं । 
 
उता, सदभावना अध्यक्ष राजेन्द्र महतोले भने ५१ प्रतिशत जनसंख्या रहेको मधेसमा १ सय ८८ गाउँपालिका र ४८ प्रतिसत जनसंख्या रहेको पहाडमा २ सय ७७ गाउँपालिका बनाउनु मधेस प्रति बेईमानी हो भन्दै कुनै पनि हालतमा आफुहरुलाई वर्तमान सीमाङ्कन आयोगको खाका मान्य नहुने बताएका छन् । 
यो तत्काल सच्याइनु पर्ने उनको माग छ । यस प्रक्रियाले पहाडको तुलनामा मधेसको ८९ सिट कम हुने उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ