arrow

प्रचण्डलाई कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
prachanda-final1.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको हो । 

उनको निजी सचिवालयले शनिबार बिहान प्रचण्डलाई कोरोना पोजेटिभ देखिएको सामाजिक संजालमार्फत जानकारी दिएको हो । सचिवालय सदस्य एवं प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत उनलाई कोरोना भएको जानकारी दिएकी हुन् । 


प्रचण्डको स्वास्थ्य अहिले सामान्य रहेको पनि जनाइएको छ । उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन् । 

जानकारीमा लेखिएको छ, ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदछौं । धन्यवाद !! ‘निजी सचिवालय’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ