arrow

एमाले नवलपुर : नेतृत्व छान्नै सकस, सहमतिको जिम्मा अध्यक्ष मण्डललाई

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २५ आइतबार
1641739359140.jpg

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपुरमा ८ औं अधिवेशनबाट नेतृत्व छान्न सकस भएको छ ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा आईतबार बेलुकासम्म पनि सहमति हुन नसकेपछि स्थगित गरेर सोमबारलाई सारिएको छ ।

शनिबारदेखि सुरु भएको बन्दसत्रमा केही पालिकाहरुबाट जिल्ला सदस्य सर्वसम्मत भए पनि पदाधिकारी सहित अधिकांश पदमा आकांक्षी धेरै देखिएकाले सहमति गराएर नेतृत्व घोषणा गर्ने जिम्मेवारी  अध्यक्ष मण्डलले पाएको हो ।

तिन दिन देखि कावासोती मा जारी जिल्ला अधिवेशनमा नयाँ जिल्ला कमिटी घोषणा गर्ने अधिकार बन्द सत्र हलबाट अध्यक्ष मण्डलले  पाए पनि अध्यक्ष देखि पदाधिकारी चयन भने निकै पेचिलो बन्दै गएको एमाले स्रोतको दावी छ । एमालेका निवर्तमान अध्यक्ष रोशन बहादुर गाहा र सचिव जीवन श्रेष्ठले अध्यक्ष पदमा आफ्नो दावी राखेका छन् । उनिहरु दुवैले एक अर्कालाई स्वीकार नगर्दासम्म सहमति हुनसक्ने अवस्था नरहेको एमाले स्रोतले बतायो ।

एमाले जिल्ला इञ्चार्ज तिलक महत अध्यक्षमा रोशन बहादुर गाहालाई नै निरन्तरता दिने पक्षमा छन् भने पार्टी प्रतिनिधिहरु नेतृत्व परिवर्तनको पक्षमा रहेको अधिवेशन स्थलमा प्रष्टसंग देख्न सकिन्थ्यो । जिल्ला इञ्चार्ज महत र नेता जिवन श्रेष्ठ बीचको सम्बन्धमा देखिएको दरारले अहिलेको अवस्था सृजना गरेको कार्यकर्ताको बुझाईछ ।

जिल्ला नेतृत्वको अध्यक्ष सहित अन्य पदाधिकारी व्यवस्थापन अझ जटिल रहेको नेताहरु बताउछन् । जिल्ला उपाध्यक्ष, सचिव र दुई जना उपसचिवमा धेरै नेताहरु आकांक्षी छन्, उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने नेताहरुलाई थप चुनौती अध्यक्ष मण्डललाई भएको एमाले स्रोतले बतायो ।

उपाध्यक्षमा पार्वती तिवारी, मुक्तिराम पाण्डे, यामुनाथ आचार्यसहित नेताहरुको चर्चा रहेको छ । तिवारी अध्यक्षका आकांक्षी रोशन बहादुर गाहा निकट हुन भने पाण्डे र आचार्य अहिले जिवन श्रेष्ठ निकट मानिन्छ्न । सचिव पदमा भीमलाल अधिकारी, भिमलाल कण्डेल सहित नेताहरुको चर्चा रहेको एमाले स्रोतले बतायो ।

विभिन्न पदमा आकांक्षा व्यक्त गर्ने व्यक्तिहरु बाढी भएपनि नेताको रोजाईमा को पर्छ भन्ने विषयले महत्व राख्ने अहिलेको अवस्थामा देखिन्छ । केन्द्रीय सदस्य एवम् इञ्चार्ज तिलक महत खुलेर नेता श्रेष्ठको विरुद्ध लाग्दा अन्य केन्द्रीय सदस्यहरु रविन्द्र अधिकारी र कृष्ण पौडेल भने पर्ख र हेर कै अवस्थामा रहेको देखिएको छ ।

उम्मेदवारी नै दर्ता नगरि अगाडी बढाइएको प्रक्रिया निकै निरन्कुस भएको भन्दै अधिवेशन प्रतिनिधिहरुमा असन्तुष्टि देखिएपनि अहिले त्यस बिषयमा मुख खोल्ने अवस्थामा उनीहरु रहेका छैनन् । विगतमा महाधिवेशन प्रतिनिधि छनोटको समयमा जस्तै यस पटक पनि नेतृत्वले एकलौटी र आफु निकटको व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने योजना सहित अगाडी बढेको उनीहरुको आरोप छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ