arrow

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध काठमाडौंमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
ktm-yuwasang.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।सार्वजनिक सम्पत्तीको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राईले बताए ।

युवाहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित माईतीघर मण्डलामा प्रदेश गर्दै नाराबाजी गरेका छन् । यसअघि उनीहरुले पशुपति क्षेत्र विकाश कोषको निरिक्षण तथा अनुगमन समेत गरेका थिए ।

युवा संघले गठन गरेको ‘सार्वजनिक सम्पत्तिको दुरुपयोगविरुद्ध युवा दबाब तथा अध्ययन समिति’ले पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले सञ्चालन गरेको होटेलको अनुगमन गरेको छ ।

एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्त सहित युवा संघका पदाधिकारी, सदस्यहरुले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गरेका छन् ।

पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले ब्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका बिभिन्न स्थानहरुमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको बिषयमा संघले राज्यको गम्भिर ध्यानाकर्षण गराएको प्रवक्ता राईले बताए ।

बतास ग्रुपलगायत अन्य बिभिन्न ब्यवसायिक समूहहरुले देशका विभिन्न स्थानहरुमा सार्वजनिक सम्पत्तीको दुरुपयोग बिरुद्ध दबाब दिने उद्देश्यले संघका प्रवक्ता एंव उपमहासचिब राईको संयोजकत्वमा शुक्रबार  एक कमिटी गठन भएको हो । कमिटीको सदस्यमा रोशन थापा, फुर्वा लामा, दिपक दुवाडी, शिव श्रेष्ठ रहेका छन् ।

यसैबीच गत शुक्रबार संघका अध्यक्ष शाहीको नेतृत्वमा युवाहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा उनीहरुले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग हुनबाट रोक्नुपर्ने माग गरेका थिए ।

‘युवा संघले देशको सार्वजनिक सम्पत्तीको संरक्षण गर्नु दायित्व ठान्दछ र सो सम्पत्तीको दुरुपयोग तथा बिनाशका बिरुद्ध संघले पटक पटक आन्दोलनको कार्यक्रमहरु गर्दै आएको कुरा जगजाहेरै नै छ । सार्वजनिक सम्पतीको संरक्षका लागि पुन आन्दोलनमा उत्रिनुपर्दा हामी पछाडी हटदैनौं’ अध्यक्ष नरेश शाहीले बताए ।

राज्यको एतिहासिक सम्पदाहरु संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा ब्यवसायिक रुपले होटल रेस्टुरेन्ट सन्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने बताए ।

यस्तै मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तिर्थालु तथा धार्मिक पर्यटकको सुबिधाको लागि निर्माण गरेको धर्मशाला ब्यावसायिक प्रयोजनको लागी भाडामा दिने कुरा लज्जाको बिषय भएको प्रवक्ता राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ