किङ्सटन । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पनि भारत हावी देखिएको छ । भारतले तेस्रो दिनको समाप्तिसम्म तीन सय चार रनको अग्रता लिएर इनिङ समाप्तिको घोषणा गरेको छ ।
भारतले ९ विकेटको क्षतिमा ५०० रन बनाएर इनिङ समाप्ति गरेको हो । ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले १५८ तथा अजिन्क्या रहानेले अविजित १०८ रन बनाए ।
यसअघि वेष्ट इन्डिजले पहिलो इनिङमा १९६ रनमात्र बनायो ।
जर्माइन ब्ल्याकउडले ६२ रन जोडेको इनिङलाई सस्तैमा पूर्णविराम लगाउने क्रममा रविचन्द्रन आश्विनले ५२ रन खर्चेर ५ विकेट लिए ।
त्यस्तै इशान्त शर्मा र मोहम्मद शामीले २÷२ विकेट लिए ।
३०४ रनले पछि परेको वेष्ट इन्डिजले चौथो दिन दोस्रो इनिङ खेल्दैछ ।