arrow
ADVERTISEMENT

कास्कीबाट १९ जना प्रहरी असईको एकै पटक सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
nepal-police-logo.jpg

पोखरा । कास्कीबाट १९ जनासहित नेपाल प्रहरीका ११ सय ७० जना प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनले ठूलो संख्यामा असईको सरुवा गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका असईहरुले पुस महिनादेखिको तलब, भत्ता र रासन पाउनेगरी सरुवा गरिएको हो । कास्कीबाट सरुवा हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्द्रजंग थापा र कुलबहादुर हरिचन रहेका छन् । थापालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी र हरिचनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको हो ।

वडा प्रहरी कार्यालय बगरका दुहुना थारु र कमल बहादुर केसी पनि सरुवा भएको छ। थारुलाई प्रहरी चौकी खडैचा बाँके र केसीलाई वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँके पठाइएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका कृष्णप्रसाद पनेरुलाई पुनरावेदन अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्ड बुटवल पुर्याइएको छ । 

यसैगरी कारागार सुरक्षा गार्ड कास्कीका जयलाल बुढालाई कर्णाली प्रदेश सशस्त्र प्रहरी गुल्म सुर्खेत र संघीय प्रहरी इकाइ कार्यालय पोखरा अपराध अनुसन्धान सहायतामा कार्यरत कृष्ण अर्याललाई गुल्मीको धुर्कोटवस्तुको प्रहरी चौकीमा सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कुलबहादुर रोका संघीय प्रहरी इकाइ कार्यालय पोखरा अपराध अनुसन्धान सहायतामा सरुवा गरिएको छ ।

यस्तै, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पोखराका कुमार बहादुर पुनलाई इलाका प्रहरी कार्यालय रोल्पा र गण्डकी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. ३ पोखराका जितबहादुर भाटलाई इलाका सशस्त्र प्रहरी कार्यालय गुल्म कपिलवस्तु सरुवा गरिएको छ । 

गण्डकी प्रदेश सशस्त्र प्रहरी गुल्म नं. १ पोखरामा कार्यरत देवेन्द्र केसीलाई महानगरीय प्रहरी प्रभाग कुपण्डोल ललितपुर, सशस्त्र प्रहरी गुल्म पोखराका प्रकाश गैह्रेलाई प्रहरी चौकी रिसिङ तनहुँ र यामप्रसाद पौडेललाई जिल्ला प्रहरी कार्यालय पाल्पा सरुवा गरिएको छ । 

यसैगरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गुल्म नं. ४ पोखराका ललित खत्रीलाई सीमा प्रहरी चौकी कदमहवा रुपन्देही, सराङकोट प्रहरी चौकीका विजय घिमिरेलाई महानगरीय प्रहरी काठमाडौं, पर्यटन प्रहरी बैदामका विधानसिंह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा र बैदाम प्रहरी चौकीका सक्षम लामिछानेलाई संघीय प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ ।

यस्तै, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत सन्देश विकलाई लुम्विनी प्रदेश सशस्त्र प्रहरी गण र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका सोमबहादुर क्षेत्रीलाई जुनियर प्रहरी अधिकृत तालिम केन्द्र भरतपुर सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ