arrow

रियो ओलम्पिक खेल्ने १० हजारमा गौरिका सबैभन्दा कान्छी

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
gaurika-rio-new-.jpg.jpeg
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा आगामी शुक्रबारबाट हुने रियो ओलम्पिकमा सहभागि हुनेमा नेपाली पौडीबाज गौरिका सिंह सबै भन्दा कान्छि खेलाडी हुने भएकी छन् ।
 
रियो ओलम्पिकको आधिकारिक वेवसाइटले रियोमा सहभागि हुने १० हजार खेलाडी मध्ये गौरिका कम उमेरमै ओलम्पिक खेल्ने खेलाडी भएको उल्लेख गरेको छ ।
 
 विश्व पौडीसंघ फिनाले गौरिकाले गरेको प्रदर्शनका आधारमा रियो ओलम्पिकका लागि छनोट गरेको हो । गौरिकाले १ सय मिटर व्याकस्ट्रोक र फ्रिस्टालमा प्रतिस्पर्धा गर्ने छिन् । पुरुषतर्फ शिरिष गुरुङले भाग लिँदै छन् । 
 
यसअघि, भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई पहिलो ऐतिहासिक पदक दिलाउँदा व्यक्तिगत चार वटा पदक हासिल गरेकी थिइन् । 
 
सागमा उनले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितिन् । ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्याकस्ट्रोक र २०० सय मिटर ब्याकस्ट्रोकमा उनले कांस्य जितेकी थिइन् । एउटै खेलको विविध विधामा उनले कीर्तिमान राख्दै नेपाललाई सफलता दिलाएकी थिइन् । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ