arrow

कमल थापा बतासको पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
kamal-thapa_(2)1.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठीक नहुने बताएसँगै यसबारे अहिले व्यापक बहस सुरु भएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि नेपाली समाज बतासको पक्ष र विपक्षमा विभाजित भइरहेको छ । 

बतास समूहले शक्तिका आडमा देशको विभिन्न स्थानमा ठेक्का पारेर काम गरिरहेको सार्वजनिक भइरहेका बेला आइतबार बिहान राप्रपा पूर्वअध्यक्ष थापा उनको बचाउमा उत्रिएका छन् । बतास समूहका अध्यक्ष आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै आइतबार बिहान ७ः३४ बजे थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठीक होइन ।’

सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले सार्वजनिक धारणाले धेरैको ध्यान तानेको छ । आखिर किन थापाले बतासको पक्ष लिए त ?

बतासबाट कानून उल्लंघन भएको भए कारबाही गरिनु पर्ने तर चरित्रहत्या गरिनु ठीक नभएको थापाले भनाइ छ । तर थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । 

बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबोल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ