arrow

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २६ सोमबार
1641812040176.jpg

नवलपुर । लामो रस्साकस्सी पछि अनन्त: एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रवार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे चयन भएका हुन ।

शुक्रवार उद्घाटन भएको अधिवेशनको बन्द सत्र शनिवार देखि सुरु भए पनि आकाङ्क्षीहरू बिच सहमति हुन नसक्दा आइतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।

अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलमा पाण्डेको नाममा सहमति भएको हो । स्रोतका अनुसार गाहा र श्रेष्ठले एक अर्कालाई स्वीकार गर्न नसकेका तर पाण्डेको नाममा दुवै जना सहमत भएका हुन ।

त्यसै गरि उपाध्यक्षमा मनवीर थापा, सचिवमा भिमलाल अधिकारी र उपसचिवमा भिमलाल कँडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन गरिएको घोषणा निर्वाचन समितिका संयोजक तीर्थ कँडेलले गरेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ