arrow

एमाले दार्चुला अधिवेशन : सहमति हुन नसक्दा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
darchulaelec.JPG

दार्चुला । नेकपा एमाले दार्चुलाको नेतृत्वका लागि सहमति हुन नसकेपछि मतदान भएको छ । सोमबार बिहानै देखि मतदान गर्ने कार्यतालिका रहे पनि सहमतिको प्रयास स्वरूप ढिलो गरी मतदान भएको हो । 

एमाले दार्चुलाको नेतृत्वका लागि नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र ज्ञानेन्द्र घर्ती प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा भने चरन सिंह बुढाथोकी निर्विरोध चयन भइसकेका छन् । 

सचिवमा गङ्गादत्त जोशी र शेर सिंह धामीको उम्मेदवारी रहेको छ । भने उपसचिवमा ५ जना भिड्दै छन् । सो पदका लागि उमेश जोशी, खडक सिंह बडाल, चन्द्रा देवी कुँवर, दानी राम पार्की र धन बहादुर कुँवर प्रतिस्पर्धामा छन् । 

यस्तै सदस्य खुला पदका लागि ३६ जनाको उम्मेदवारी परेको छ । जसमा १९ जना निर्वाचित हुनेछन् । ५ जना सदस्य दलिततर्फ ११ जनाको उम्मेदवारी परेको छ । 

यस्तै भूगोलतर्फ दुुहुँ गाउँपालिकाको ३ जनाको लागि ५ जना, मालिकार्जुन गाउँपालिकाको ३ जनाको लागि १० जना, मार्माको ३ जनाको लागि ४ जना, लेकम ३ जनाको लागि ७ जना, महिलातर्फ २ पदका लागि ३ जना, शैल्यशिखर नगरपालिकाको ४ जनाको लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

 ढिलो गरि मतदान भएकाले रातीसम्म मतदान जारी रहनेछ । अहिलेसम्म २ सय बढी मत खसेको जनाइएको छ । ७ सय ७६ मतदाता रहेका भए पनि ५ सयको हाराहारीमा मत खस्ने आङ्कलन गरिएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ