काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादब उपचारको लागि श्रावण २० गते भारतको दिल्ली जानुहुने उहाँका स्वकीय सचिव किरण पन्तले जानकारी दिएका छन्।
युरिनमा समस्या देखिएपछि पूर्व राष्ट्रपति यादबलाई उपचारको लागि दिल्ली लैजान लागिएको हो। सुरूमा शिक्षण अस्पतालमा चेक अप गराएको तर समस्यामा सुधार नदेखिएपछि थप उपचारको लागि दिल्ली लैजान लागिएको, स्वकीय सचिव पन्तले जानकारी दिनुभयो।
पूर्व राष्ट्रपति यादब उपचारपछि स्वदेश फर्कनुहुने कार्यक्रम छ भने यो पटक कुनै राजनीतिक भेटघाट नरहेको पनि पन्तले जानकारी दिनुभयो।