arrow

रामचन्द्र पक्षले देउवालाई भन्यो–मन्त्रिमण्डलमा सम्मानजनक स्थान होस्, नभए जान्नौं

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
काठमाडौँ  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 
 
वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको अनामनगरमा बसेको बैठकले पार्टी र सरकारका विषयमा निर्णय लिँदा पार्टीभित्र विधिसम्मत र चित्तबुझ्दो ढङ्गले सबैलाई समेटेर निर्णय प्रक्रियामा पुग्न आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।  
 
बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइरालालगायतका नेता सहभागी थिए । 
 
पार्टीका तर्फबाट मन्त्रिमण्डलमा सहभागि गराउँदा आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए नजाने अडान पौडले पक्षले राखेको छ । यसअघि पनि केन्द्रीय समिति बैठकमा पौडेल पक्षले माओवादीसंग सरकारमा जाँदा सबै पक्षलाई ध्यान दिनु पर्ने र आफुहरुलाई महत्वपूर्ण स्थान दिनु पर्ने आवाज उठाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ