फुटबल महारथी पेलेले रियो ओलम्पिक २०१६ का लागि भनेर विशेष गित रेकर्ड गराएका छन्। पेलेको उक्त गित आसन्न रियो ओलम्पिक २०१६ मा बजाइने छ।
पेलेको उक्त गितको शिर्षक छ “इस्पेराका” जसको अर्थ हो “आशा”। ७५ वर्षिय पेलेले रियो ओलम्पिक २०१६ का लागि आफुले गित रेकर्ड गरेको कुरा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन्।
पेलेले संसारभरि खेलले जगाएको आशा र खुसीको सोचले आफु प्रेरित भएको कुरा जनाएका छन्। पेलेले आफ्नो टुइटर पेजमा भिडियो पोष्ट गर्दै भने, “मेरो नयाँ गित “इस्पेराका” मेरो देश ब्राजिलको समर्पणमा प्रस्तुत गर्न पाउँदा एकदमै खुशी छु”।