- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालयको स्थापना गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय परिसर भित्र पुस्तकालयको उदघाटन गरेका हुन् ।
नागरिक र प्रहरी बीचको समन्वयलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनको निमित्त ‘नागरिक-प्रहरी पुस्तकालय’ को स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यक्रम गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताको अनुसार संचालन भएको र यस कार्यक्रमको लागी कावासोती नगरपालिका, गैंडाकोटन गरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबाट फर्निचर र पुस्तक सहयोग प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पुस्तकालय आम नागिक र प्रहरी कर्मचारीहरुको लागी खुला गरिने छ । कानुन, उपन्यास, काव्य, कथा लगायत आख्यायन र गैह्र आख्यायन गरी करिब १००० थान पुस्तकसहित स्थापना गरिएको यस पुस्तकालयमा आवश्यकता अनुसार पुस्तकको संख्या थप गरिदै लैजाने जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय सहित ५ प्रहरी युनिटका हिरासतमा रहने थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा “हिरासतमा किताव” कार्यक्रम अन्तर्गत हिरासतमा पुस्तकालय सन्चालन गरिएको थियो ।