arrow

शान्ति समाज दाङको अधिवेशन भदौ ११मा

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
hurpes.jpg.jpeg
दाङ। मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको मंगलबार सम्पन्न बैठकले भदौ ११मा अधिवेशन गर्ने भएको छ। अधिवेशन सम्पन्न गर्न आबश्यक प्रक्रिया पुरा गर्ने निर्णय गरेको छ। अधिबेसन लागि तोकिएको मिति भन्दा १ हप्ता अघि नबिकरण गर्न बाँकी साधारण सदस्यहरुलाई नबिकरण गर्न र नँया सदस्यता लिन चाहने ईच्छुक ब्यक्तिहरुलाई साउन मसान्त भित्र आबेदन खुल्ला गर्ने निर्णय गरिएको सचिब शरद रेग्मीले जानकारी गराए। 
 
अधिबेसन सफलता पूर्बक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सबै आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार, बिभिन्न संयोजकहरुलाई समेत अनुरोध गरिएको छ। दुई बर्षे कार्यकाल रहने शान्ति समाजको जिल्ला अधिबेसनले नँया नेतृत्व चयन गर्ने छ।
 
यस्तै आज मंगलबारको बैठकले बाढीपिडीत, भूकम्प पीडित जस्ता दैबिक प्रकोपबाट पीडितहरुलाई तत्काल राहत र पूर्नस्थापनाको ब्यबस्था मिलाउन स्थानिय प्रशासनसग अनुरोध गर्दै, शान्ति समाजले पनि उक्त कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरिएको शाखा सभापति सुरेश श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ