arrow

राहदानीबाट छ अर्ब बढीको राजस्व सङ्कलन

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
MRP-Nepali-Passport.jpg.jpeg
काठमाडौँ । आव २०७२/७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । 
 
राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिए । सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट (एमआरपी) राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो । 
 
विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो ।
 
 भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ