arrow

सातदोबाटोको सेल्सबेरी डिपार्टमेन्टल स्टोरका जुस खान अयोग्य

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
13875046_1188319111259393_164762368_n.jpg.jpeg
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित व्यवस्थापन विभागले संयुक्त रूपमा ललितपुरका विभिन्न स्टोरहरुमा अनुगमन गरी गुणस्तरहीन तथा खान अयोग्य उत्पादन नष्ट गरेको छ। 
 
यी दुई विभागको टोलीले ललितपुर उपमहानगरपालिका सातदोबाटो स्थित सेल्सवेरी डिपार्टमेन्टल स्टोर प्रालिबाट विक्रीका क्रममा राखिएको प्रोडक्ट अफ थाईल्याण्ड लेखिएको आर्टिफिसियल फ्लेवर लेमन जुसमा इन्ग्रेडियन्ट, वाइट, उत्पादकको ठेगाना नेपाली वा अङ्ग्रेजी भाषामा राख्नुपर्नेमा सो नभई अन्य भाषामा लेखिएकोले प्लास्टिकको प्याकेटमा प्याकभएको उक्त जुस कानूनबमोजिम लेवल समेत नलागेको पाईएपछि ४७ बोतल जफत गरिएको र उक्त स्टोर धनीलाई तीनदिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिईएको पनि विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए। 
 
त्यस्तैगरी गौदावरी–२, टौंखेलमा रहेको फुल्चोकी मिनिरल्स प्रा.लि.बाट उत्पादित जार र बोतलको ब्जाच नं र उत्पादन मिति स्पष्ट नदेखिएको, जार धुने सफा गर्ने स्थान व्यवस्थित नरहेको तथा आन्तरिक गुणस्तर व्यवस्थापनका सम्बन्धमा स्पष्ट नरहेको भन्दै सातदिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिईएको पनि प्रवक्ता वस्तीले जानकारी दिए । 
 
फुल्चोकीकै २० लिटरको जारमा नेकसिल नलगाएको पाईएपछि त्यसको २ थान नमूना संकलन गरी ४ थान पानी नष्ट गरिएको पनि विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ