arrow

तुलसीपुरलाई उपमहानगरपालिका बनाउन सुझाव

logo
सुरेश श्रेष्ठ।
प्रकाशित २०७३ साउन १८ मंगलबार
tulsipur.jpg.jpeg
तुलसीपुर। नेपाललाई संघीय संरचनामा लैजाने तयारी भइरहेका बेला दाङ जिल्लाका स्थानीय निकायको पुर्नसंरचनाको बहसलाई तिव्रता पारिएको छ। जिल्लामा रहेको स्थानीय पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय निकायको वारेमा छलफल अन्तरक्रिया तथा बहसलाई बढाएको हो। पहिलो चरणमा गाउँ तथा नगरस्तरमा छलफल चलाइरहेको र अव लगतै वडास्तरको पुनर्संरचनामा बहस चलाउने तयारी गरेको समितिका सदस्य परशुराम बैदारले वताए।
 
यसै बिच त्रिपुर पश्चिम क्षेत्रको स्थानीय तह पुनरसंरचनाका लागि मंगलवार तुलसीपुरमा अन्तरक्रिया गरिएको छ। स्थानीय सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको हो। भूगोलको हिसावले पनि उपयुक्त तुलसीपुर नगरपालीकामा २०६८ जनसंख्याको आधारमा झण्डै ८६ हजार र अहिलेसम्म हाराहारी १ लाख पुगेको दाबी गरेका छन्। डेढलाख जनसंख्या आबश्यक पर्ने उपमहानगरपालीका लागि छिमेकी केही गाबिसलाई समाबेश गर्न सके डेढलाख जनसंख्याको मापदण्ड पुरा हुने उनीहरुको तर्क छ। अन्य मापदण्डमा सडक, हवाई मैदान, राप्ती अञ्चल अस्पताल समेत तुलसीपुर नगरपालीका भित्र रहेको सहभागिहरुको मत छ। 
 
मानपुर, बिजौरी, डरुवा, फूलबारीका नागरिकको राय बुझि तुलसीपुर नगरपालीकालाई उपमहानगरपालीका गराउन आग्रह गर्नुपर्ने र त्यसका लागि पहल गर्नुपर्ने उनीहरुले बताएका थिए। सहभागी मानपुर, बिजौरी,डुरुवा, फुलबारीका बासीन्दाहरुले आफूहरु तुलसीपुर उप महानगरपालीकामा समाबेश हुन चाहेको बताएका थिए। यस्तै गोल्टाकुरी, पवननगर, हेकुली लगायतका पश्चिम दाङका गाबिसलाई समेत उपमहानगरपालीकामा समाबेश गरि जिल्लालाई क्रमस मेट्रो सीटीको रुपमा बिकास गर्न सकिने महत्वकाँक्षी योजना बनाउन आबश्यक रहेको उनीहरुले बताए। 
 
सुझाब संकलनका लागि तुलसीपुर आएको टोलीलाई पश्चिम दाङका पुरन्धारा, पञ्चकुले, बागमारे, शान्तिनगर, धनौरी, श्रीगाँउ, हेकुली, गोल्टाकुरी लगायतका गाबिसलाई समेत ध्यान दिई आबश्यक मापदण्ड पुरा गरि नगरपालीका बनाउन सकिए नगरपालीका नभए गाउपालीका बनाउनु पर्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ