arrow

पट्रोलियम पदार्थको मूल्य घट्यो

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । 
 
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ । 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ