arrow

सिंहदरबारबाट निष्फिक्री विदा भए ओली

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
oli-bahirie.JPG.jpeg
काठमाडौं। नयाँ प्रधानमन्त्रीको उम्मेद्वारी परेकै दिन प्रधानमन्त्री केपी ओली मंगलबार सिंहदरबारबाट विदा भएका छन्। ९ महिनामै सरकार अल्पमतमा परेपछि ओली वार्षिकी बनाउन नपाउँदै सिंहदरबारबाट बाहिरिएका हुन्।  
 
झण्डै १० महिना सरकार चलाएका ओलीले सिंहदरबारमा आफुसंग रहेका मन्त्रीहरुसंग सामूहिक तस्वीर खिचाए । ओली त्यस बखत निकै भावुक देखिएका थिए। २०७२ असोज ३ गते संविधान जारी भएपछि सोही संविधानको संक्रमणकालिन व्यवस्था अनुसार ओली २०७२ साल असोज २४ गते भएको निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित भएका थिए। ओलीले दिवंगत कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दै मुलुको ३८औं प्रधानमन्त्री बनेका थिए। 
 
निर्वाचित भएकै दिन ओलीलाई निजि निवास बालकोटमा ६४ किलोको मालाले स्वागत गरिएको थियो। ओलीले असोज २५ गते सोमबार शपथ ग्रहण गरी पदभार सम्हालेका थिए। ओली सिंहदरवारबाट बाहिरिँदा भावुक जस्तो देखिएपनि निष्फिक्री थिए। 
 
ओलीले अन्तिम दिन सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै तीन घण्टा बिताए। ओलीको बिदाई अघि मन्त्रिपरिषद्को संक्षिप्त बैठक बसेको थियो  बैठकले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पत्रकार, नेपाली नागरिक र राजनीतिक दललाई धन्यवाद ज्ञापन गरेको थियो । राष्ट्रपतिलाई राजीनामा बुझाएपछि काम चलाउ बनेका ओली सिंहदरवार गएका थिएनन्। बिदाईका लागि मात्रै मंगलबार ओली सिंहदरबार पुगे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ