बाग्लुङ्ग। बाग्लुङ्गको पश्चिम क्षेत्र अन्र्तगत विभिन्न गाविसका बाढी र पहिरो पीडितहरुको लागि काठकाण्डौमा राहत संकलन अभियान शुरु गरिएको छ ।
नेपाली काँग्रेस बाग्लुङ्ग क्षेत्र नं.३ को क्षेत्रीय कार्य समिति सक्रियतामा काठमाण्डौका विभिन्न संघ सस्था तथा व्यापारी स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति लगायतबाट नगद रु.२ लाख र ५० थान त्रिपाल राहत स्वरुप सहयोग प्राप्त भएको क्षेत्रीय सभापति दोण कुमार कुँवरले जानकारी दिए । गत हप्ताको मंगलवार अधिकारीचौर,राजकुत,बोगादोभान,भिागिठे, दलिङ्ग ग्वालिचौर,देविस्थान,बुतिवाङ बोरागाँउ,सिसाखानी, पाण्वखानी गरि ११ गाविसका १ सय २३ घरपरिवार विस्थापित भएका छन् ।
भने यसै गरि पहिरोमा परि राजकुटमा २ जना र दलिङ्गमा ४ जनाको मृत्यु भएको कुवँरले जानकारी दिए । साथै नदीले बुर्तिवाङ बजार उच्च जाखिम रहेको र पहिरोले गर्दा सर्वसाधरण,विद्यार्थीहरुलाई निकै समस्या भएको सभापति कुँवरले जानाए । नदीले बुर्तिवाङ बजार पनि उच्च जाखिम रहेको समेत उनले जानकारी दिए ।