arrow

के होला मोर्चा र माओवादी–कांग्रेसको ‘रोडम्याप’

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
morcha-.jpg.jpeg
काठमाडौं  । नयाँ सरकारसंग सहकार्य गर्ने विषयमा छलफलमा जुटेको मधेसी मोर्चाले मंगलबार तयार भएको ड्राफ्टलाई अन्तिम रुप दिन सकेन । ड्राफ्टलाई अन्तिम रुप दिने जिम्मा चार जना नेताले पाएकामा मंगलबार साँझसम्म टुंगो लागेन । सहमति सबै भइसकेको छ । 
 
वुधबार विहान ८ बजे बस्ने कार्यदलसहितको बैठकले खाकालाई अन्तिम रुप दिन्छ, बैठकमा सहभागि सद्भावना सहअध्यक्ष लक्ष्मण कर्णले भने, ‘हामीबीचमा ३ बुँदे, २ बुँदे भन्दा पनि एउटा ‘रोडम्याप’ बनेको हो ।’ त्यो कार्यान्वयको न्यूनतम समय तयार भएपछि टुंगो लाग्छ ।’ मतदान पक्का भो हैन त ? जवाफमा उनले भने, ‘पक्का र कक्चा भन्ने कुरै भएन नी । हाम्रा नेता त्यति बेकुप छन् र ? ।’ बैठकले विषय टुंगो लाग्छ । सोही अनुसार हुन्छ । 
 
यस्तै, तमलोपाका नेता सेर्वेन्द्र नाथ शुक्लले सबै विषय टुंगिएर मात्रै बैठक सहिएको हो–भने । उनले ड्राफ्टलाई अन्तिम रुप दिने काम मात्रै बाँकी रहेको बताए । यसअघि , विहान भएको बैठकमा तीन बुँदे मौखिक सहमति भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ