arrow

पर्वतको पाङ्गमा क्रिकेट मैदान निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
pang-parbat-cricket-stadium.jpg

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण कार्य शुरु भएको छ । पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न शुरु गरिएको हो । 

कूल १७० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा गण्डकी प्रदेशकै नमुना क्रिकेट मैदान निर्माण गर्न थालिएको बताइन्छ । वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार रंगशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुश्मा नगरपालिकाको साँझेदारीमा करिब ७० लाख रुपैयाँमा काम अघि बढाइएको हो । 

वडाध्यक्ष सुवेदीका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिट समेत बनाउन थालिएको छ। चालु बजेटले मैदान र प्याराफिट बनाउने काम हुने उनको भनाइ छ । 

मैदान निर्माणका लागि केही जमिन अपुग भएकाले लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिन समेत उपभोग गर्नुपर्ने अवस्था आएको छ ।

यसैबीच रंगशाला निर्माण कार्य शुरु भएसंगै स्थानीय समस्या समाधान गर्न समाजसेवी स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति समेत गठन गरिएको छ ।

समितिमा उपाध्यक्षमा ईन्द्र कँडेल, सचिवमा जर्नादन रिजाल, कोषाध्यक्षमा देवराज रिजाज, सह-सचिवमा टेकबहादुर सवेदी छन् ।

सदस्यमा केदारनाथ पौडेल, मनोज जिसी, रामप्रसाद सुवेदी, विनोद नेपाली, सूर्य आचार्य र गीता रिजाल छन् । 

यसैगरी सल्लाहकारमा दयाराम रिजाल, फडिन्द्रनाथ पौडेल, भक्तिविलास रिजाल, कृष्णबहादुर क्षेत्री, रामप्रसाद रिजाल, तेजनाथ रिजाल र अनन्तराज पाध्या छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ