arrow

‘माग संवोधन हुने छाँट छैन, बिहीबारदेखि आमरण अनशन बस्छु’ – कुन्दन काफ्ले

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
kundan.jpeg.jpeg
काठमाडौं । गत शनिबारदेखि नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनुसनमा बसेका दुई विद्यार्थी नेताहरुको स्वास्थ्य गम्भीर हुँदासमेत माउ पार्टी नेपाली काँग्रेसले ध्यान नदिंदा अवस्था जटिल बन्दै गएको छ । 
 
‘माउ पार्टीले चाँसो नदिएपछि अब नैतिकताका आधारमा पनि बिहीबारदेखि म नै आन्दोलनमा बस्छु’ आन्दोलनको नेतृत्व गर्दै आएका पूर्व कोषाध्यक्ष कुन्दन काफ्लेले हाम्राकुरासंग भने । पाँच दिनदेखि आमरण अनसनरत गणेश सापकोटा र रत्न ढुङ्गेल अर्धचेत अवस्थामा छन् । 
 
 
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी आमरण अनसनमा चिकित्सकको टोली पनि राखिएको छ । सापकोटा र ढुङ्गेलको रगत, पिसाब र रक्तचापमा समस्या आएको छ । ‘कुनै पनि बेला जे पनि हुन सक्ने भएकाले चिकित्सकको टोली तयारी अवस्थामा राखेका हौं’, काफ्लेले भने । 
 
विधिवत् महाधिवेशनको माग राख्दै काफ्ले नेतृत्वको टोलीले गत हप्ता रिले अनसन गरेको थियो । तर काँग्रेस नेताहरु भने विद्यार्थी नेताहरुको स्वास्थ्य गम्भीर बन्दासमेत वास्ता गरिरहेका छैनन् । 
 
नयाँ गठनको चटारोमा लागेकै कारण आफ्ना कार्यकर्तालाई वास्ता नगरेको आरोप लाग्न थालेको छ । २२ जिल्लामा विवाद भए पनि महाधिवेशन निर्देशक समितिले कुनै पहल गरेको छैन । 
 
काँग्रेस नेताहरु अनौपचारिक रुपमा अनसनस्थल पुगे पनि औपचारिक रुपमा कुनै पहल भएको छैन । 
 
नेविसंघको महाधिवेशन साउन २३ देखि काठमाडौंमा गर्ने तय भएको छ तर त्यो हुने सम्भावनासमेत देखिंदैन । 
काँग्रेसका एक नेताले जसरी पनि महाधिवेशन हुने भन्दै सहमतिमै गर्ने काम भइरहेको बताए । आन्दोलनरत विद्यार्थीको माग संवोधन हुने छाँट पनि देखिंदैन र यही अवस्थामा उनीहरुले सात सय फर्जी प्रतिनिधि खडा गरिएको भन्ने आरोप लागेसंगै निष्पक्ष महाधिवेशन हुने सम्भावना पनि छैन । 
९ वर्षसम्म महाधिवेशन नगराए पनि हुने नेविसंघभित्र यही साउन २३ मै सुरु गर्नुपर्छ भन्ने छैन । काँग्रेसले विवादरहित नेविसंघ बनाउने हो र पार्टीलाई मजबुद बनाउन खोज्ने हो भने केही दिन पर सारेरै भए पनि विवादरहित महाधिवेशन गर्नु नै एकमात्र विकल्प हो ।
 
अहिलेदेखि नै गुटबन्दी सिकाउने हो भने सिङ्गो काँग्रेसमै गलत प्रवृत्ति हावी हुन बेर छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ