arrow

भारतबाट वेष्ट इन्डिजलाई बचाउने एकमात्र विकल्प वर्षा

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
ind.jpg.jpeg
किङ्सटन । भारतबाट वेष्ट इन्डिजलाई बचाउने अब कोही छ भने त्यो वर्षामात्रै हो । किङ्सटनमा जारी दोस्रो टेष्ट क्रिकेटमा भारत चौथो दिनमै विजयी हुने थियो । 
 
 
वर्षाले गर्दा १५.५ ओभरमात्र सम्भव भएको खेलमा वेष्टइन्डिजले ४८ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । अब पाँचौं दिन भारतलाई ६ विकेट झार्नुछ । मोहम्मद सामीले २ तथा इशान्त शर्मा र अमित मिश्राले १–१ विकेट लिएका छन् । 
 
 
भारतले तेस्रो दिनको समाप्तिसम्म तीन सय चार रनको अग्रता लिएर इनिङ समाप्तिको घोषणा गरेको थियो ।
 
भारतले ९ विकेटको क्षतिमा ५०० रन बनाएर इनिङ समाप्ति गरेको हो । ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले १५८ तथा अजिन्क्या रहानेले अविजित १०८ रन बनाए । 
 
 
यसअघि वेष्ट इन्डिजले पहिलो इनिङमा १९६ रनमात्र बनायो । जर्माइन ब्ल्याकउडले ६२ रन जोडेको इनिङलाई सस्तैमा पूर्णविराम लगाउने क्रममा रविचन्द्रन आश्विनले ५२ रन खर्चेर ५ विकेट लिए । 
त्यस्तै इशान्त शर्मा र मोहम्मद शामीले २÷२ विकेट लिए । 
 
 
पहिलो इनिङमा ३०४ रनले पछि परेको वेष्ट इन्डिजले दोस्रो इनिङमा पनि खराव खेलेको हो । वेष्ट इन्डिजअझै २५६ रनले पछाडि छ । वर्षाले खेल हुन सकेन भने भारत जित नजिक पुगेर पनि निराश हुनेछ । 
 
 
पहिलो खेल एक इनिङ र ९२ रनले जितेर भारतले सर्वाधिक अन्तरको वैदेशिक जित निकालेको थियो । बुधबार अन्तिम दिन भारतलाई मौसमले साथ दिए अर्को कीर्तिमान रचिन सक्नेछ । चार खेलको श्रृंखलामा भारतले १–० को अग्रता लिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ