arrow

रियो ओलम्पिकको उद्घाटन शुक्रबार, फुटबलका खेल बुधबारदेखि नै

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
rio.jpg.jpeg
माकाराना रंगशाला । ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेलकुदको ३१ औं संस्करण सुरु हुँदैछ । तर रियो ओलम्पिकअन्तर्गत फुटबलका खेलहरु भने बुधबारबाटै सुरु हुँदैछन् । 
 
पहिलो दिन फुटबलको महिला ईभेन्टमा स्वीडेन र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल राति पौने १० बजेदेखि सुरु हुनेछ । त्यस्तै राति पौने १ बजे ब्राजिल र चीन भिड्ने कार्यतालिका छ । 
 
 पुरुषतर्फका खेल भने बिहीबारबाट हुने छन् । पुरुषको पहिलो खेलमा र्इराक र डेनमार्कबीच भिडन्त हुनेछ । 
 
रियो अ‍ोलम्पिकको फुटबलमा महिलातर्फ १२ टीम र पुरुषतर्फ १६ टीम तथा  सहभागी छन् । कुल ५८ खेल हुनुपर्ने भएकाले खेल तालिका मिलाउन औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन अगावै ओलम्पिकका खेल सुरु भएको आयोजकले जनाएको छ । 
 
तालिकाअनुसार महिलातर्फ समूह ए मा ब्राजिल, चीन, स्वीडेन र दक्षिण अफ्रिका, समूह बी मा क्यानाडा, अष्ट्रेलिया, जिम्बाबे र जर्मनी तथा समूह सी मा अमेरिका, न्युजिल्याण्ड, फ्रान्स र कोलम्बिया रहेका छन् । 
 
पुरुषतर्फ समूह ए मा ब्राजिल, दक्षिण अफ्रिका, र्इराक र डेनमार्क, समूह बी मा स्वीडेन, कोलम्बिया, नाइजेरिया र जापान, समूह सी मा फिजी, दक्षिण कोरिया, मेक्सिको र जर्मनी तथा समूह डी मा होण्डुरस, अर्जेन्टिना, पोर्चुगल र अल्जेरिया रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ