arrow

प्रचण्ड आउँदै, ओली छाड्दै, दिउँसो जुलुससहित बालकोट लैजाने

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
oli-bahiridai.JPG.jpeg
काठमाडौं । गत असोज २४ गते निर्वाचित भएपछि सिंहदरबारको बागडोर सम्हालेका केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री बन्न केही समय बाँकी छँदा अहिलेसम्मका प्रधानमन्त्री ओली भने प्रचण्ड प्रधानमन्त्री बनेसंगै झिटिगुन्टा बोकेर आफ्नो घर बालकोट जाँदैछन् ।
 
प्रधानमन्त्री कार्यालय सचिवालयले ओलीले दिउँसो बालुवाटार छाड्ने बताएको छ । ओलीलाई नयाँ बानेश्वरदेखि स्वतन्त्र युवा अभियानले नाराजुलुसहित उनको भक्तपुर बालकोटमा रहेको घरमा पु¥याउने जनाइएको छ । ओली प्रधानमन्त्री भएपछि मुलुक कायापलट भएको एमालेका युवाहरुलाई लागेको छ । 
 
ओलीले आफूखुसी बाँडेको रकम तिनै एमाले कार्यकर्तामा पुगेको भन्ने आरोप लाग्ने गरेको छ । अहिलेसम्मको राजनीतिक इतिहासमा संसदले नपत्याएका प्रधानमन्त्रीको पक्षमा पहिलो पटक सडकमा आन्दोलनसमेत भएको थियो । 
 
भूकम्पपीडितको पीडा बढाएर एमाले अध्यक्ष ओली बाहिरिएको आरोपसमेत पीडितले लगाएका छन् । ओलीले महङ्गी बढाएको आरोपसमेत लागेको छ ।
 
नौ महिने बिल्लाभिरेर ओली बाहिरिंदै गर्दा ३९ औं प्रधानमन्त्रीका रुपमा फेरि प्रचण्ड दोस्रो कार्यकाल खान आउँदैछन् ।
 
उनी २०६५ सालमा पनि साउनमै आएका थिए । उनको साउनसंगको नाता कत्तिको फाप्ने हो हेर्न बाँकी छ । काँग्रेससंगको भद्र सहमति अनुसार उनलाई चैते हुरीले बढार्नेछ ।
 
तर भद्र सहमति भद्रलेमात्र पालना गर्ने हो भन्ने सिद्धान्त बोकेका अराजकवादी प्रचण्डले आफूले पनि पालना नगर्ने पक्काजस्तै छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ